टेलिकमले ल्यायो शहीद परिवारसँगै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि नयाँ अफर – Nepal Press

टेलिकमले ल्यायो शहीद परिवारसँगै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि नयाँ अफर

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा वीर शहीदहरुको सम्मानार्थ तिनका परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि अफर उपलब्ध गराएको छ ।

आइतबारदेखि फागुन १२ सम्म उपलब्ध हुने अफर साविक बमोजिमको ‘फ्रि रिसोर्स’ अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिनसम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहीद परिवारलाई निःशुल्क उपलब्ध गराइनेछ ।

एफटीटीएचअन्तर्गत ५० एमबीपीएसको ‘एयर्ली वान टाइम’ प्याकेज र कम्बो एयर्ली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ ।

कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधासहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधासहितको फेस्टिभ कम्बो प्याकसमेत उपलब्ध गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर