‘एन्ड्रोइड १५’ मा किप्टोग्राफिक सिग्नेचरबाट आफ्नो प्राइभेट डाटा सुरक्षित राख्न सकिने – Nepal Press

‘एन्ड्रोइड १५’ मा किप्टोग्राफिक सिग्नेचरबाट आफ्नो प्राइभेट डाटा सुरक्षित राख्न सकिने

काठमाडौं । अब ‘एन्ड्रोइड १५’ मा किप्टोग्राफिक सिग्नेचरबाट प्रयोगकर्ताले आफ्नो प्राइभेट डाटा सुरक्षित राख्न सक्ने भएका छन् ।

गुगलले एन्ड्रोइड अपेरेटिङ सिस्टमको नयाँ १५ औं संस्करणको पहिलो प्रि–रिभ्युबाट किप्टोग्राफिक सिग्नेचरबाट प्रयोगकर्ताले आफ्नो प्राइभेट डाटा सुरक्षित राख्न सक्ने फिचर थपेको खुलाएको हो ।

नयाँ संस्करणको गुगलले थप एक प्रि–रिभ्यु मार्चमा आउने उल्लेख गरेको छ । प्रि–रिभ्युले एन्ड्रोइड १५ मा आउने फिचरहरुको बारेमा प्रयोगकर्तालाई जानकारी गराएको हो ।

एन्ड्रोइड १५ मा प्रयोगकर्ताले ‘किप्टोग्राफिक’ हस्ताक्षरबाट आफ्ना फाइलहरु सुरक्षित राख्न सक्नेछन् भने, क्यामरा हाडवयेर तथा अल्गोरिथम्स सपोर्ट डिभाईसलाई समेत कन्ट्रोल गर्न सक्ने उल्लेख गरिएको छ । ‘एमआइडीआई’ भर्चुअल एप्लिकेशन समेत एन्ड्रोइड १५ ले सपोर्ट गर्ने जनाइएको छ ।

नयाँ अपरेटिङ सिस्टमले प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई सुरक्षित राख्ने काम भएको उल्लेख गरिएको छ । गुगलले एन्ड्रोइड १५ को फाइनल रिलिज २०२४ जुन अगावै डिटेल्सहरु सर्वाजनिक गरेपश्चात हुने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर