प्रधानमन्त्रीलाई सांसद साहको प्रश्न- धर्मनिरपेक्षता हिन्दूहरूको समूल नष्ट गर्न ल्याइएको हो ? – Nepal Press

प्रधानमन्त्रीलाई सांसद साहको प्रश्न- धर्मनिरपेक्षता हिन्दूहरूको समूल नष्ट गर्न ल्याइएको हो ?

काठमाडौं । नेकपा एमालेका सांसद किरण कुमार साहले मधेशमा हिन्दू अल्पमतका रहेका ठाउँमा धार्मिक गतिविधिमै अवरोध सिर्जना भइरहेको भन्दै रौतहटमा लगाइएको कर्फ्युबारे ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा रौतहट-२ बाट निर्वाचित सांसद साहले इशनाथ नगरपालिकामा मन्दिर विसर्जनका क्रममा भएको अवरोध र कर्फ्युबारे सोधका थिए ।

उनको प्रश्न थियो- के धर्मनिरपेक्षता हिन्दुहरूको समूल नष्ट गर्नका लागि ल्याइएको हो ? मेरो निर्वाचन क्षेत्रमा हिजोदेखि कर्फ्यु छ । प्रधानमन्त्रीले यसबारे जवाफ दिनुपर्छ ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सांसद साहको प्रश्न प्रश्नोत्तरको नियमविपरीत आए पनि उनले उठाएको हिन्दूराज्यको विषयलाई आफूले गम्भीर रुपमा लिने जवाफ दिए ।

सांसद साहले प्रतिनिधि सभा सदस्यको शपथग्रहण संस्कृत भाषामा गरेका थिए । उनी मुस्लिम बाहुल्य क्षेत्रबाट कांग्रेसका हाल जेलमा रहेका नेता अफताव आलमलाई छोरालाई पराजित गरेर निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर