महोत्तरीमा दुई समुदायबीच झडप, प्रहरीद्वारा हवाई फायर – Nepal Press

महोत्तरीमा दुई समुदायबीच झडप, प्रहरीद्वारा हवाई फायर

जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिका २ स्थित महावीर झन्डा मेलाको अवसरमा निकालिएको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ ।

ब्रह्मस्थान मन्दिरमा महावीर झन्डा मेलाको आज उद्घाटन गरिदैछ । मेलाको उद्घाटन अघि वडा नम्बर १ बाट कलश यात्रा निकालिएको थियो ।

कलश यात्रा मस्जिद भएको स्थानबाट गएको र त्यहाँ जय श्रीरामको नारा लगाएपछि मुस्लिम समुदायले विरोध गर्दा झडप भएको बुझिएको छ । स्थित नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेका छन् ।

प्रहरीले हवाई फायर गरेपछि भागदौड हुँदा तीनजना घाइते भएका छन् । मुस्लिम समुदायले मस्जिदमा ढुंगा हानेको आरोप लगाएको छ भने हिन्दुवादीहरूले आरोप अस्वीकार गरेका छन् ‌।

अहिले अवस्था सामान्य बनेको छ । सम्भावित घटनालाई मध्यनजर गर्दै त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *