प्रधानमन्त्रीसँग खटपट नरहेको अर्थमन्त्री महतको स्पष्टोक्ति (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीसँग खटपट नरहेको अर्थमन्त्री महतको स्पष्टोक्ति (भिडिओ)

काठमाडौं । अर्थमन्त्री डा।प्रकाश शरण महतले प्रधानमन्त्री र आफूबीच बेमेल नरहेको प्रष्टीकरण दिएका छन् ।

शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री महतले कतिपय विषयमा बुझाइ फरक परे पनि छलफलपछि एउटा निष्कर्षमा पुग्ने गरेको बताए ।

मन्त्री डा. महतले भने- हामीबीच संवाद र समन्वयमै काम भइरहेको छ । यसो गर्दा के होला ? भनेर उहाँले भन्नु हुन्छ । मैले आफ्नो कुरा भन्ने गरेको छु । छलफलबाट निष्कर्षमा पुग्छौँ । बाहिर यसरी सम्प्रेषित हुन्छ कि, कसले गरिरहेको रहेको छ यस्तो । के आशयले गर्छन् तपाईँहरूले अनुसन्धान गर्नुस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर