शीर्ष ५ ब्याट्सम्यानले जिम्मेवारी लिएर खेल्न सकेनन् : कप्तान रोहित (भिडिओ) – Nepal Press

शीर्ष ५ ब्याट्सम्यानले जिम्मेवारी लिएर खेल्न सकेनन् : कप्तान रोहित (भिडिओ)

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भर गरिएका ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न नसक्दा नामिबियासँग हार व्यहोर्नु परेको उल्लेख गरेका छन् ।

‘शीर्ष ५ ब्याट्सम्यानले जुन जिम्मेवारी लिएर खेल्नु पर्थ्यो । सुरुको ४५ मिनेटमा जसरी खेल्नु पर्थ्यो, त्यो हुन सकेन’, विश्वकप लिग–२ मा पहिलो खेल हारेपछि कप्तान रोहितले भने ।

उनले नामिबियाका बलरले पनि राम्रो खेलेको बताए । ‘जुन कन्डिसनमा जहाँ बलिङ गर्नुपर्ने थियो, त्यहीँ उनीहरुले बल फ्याँके’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर