ललितपुर महानगरले सुरु गर्‍यो यल स्वास्थ्य सेवा केन्द्र (भिडिओ) – Nepal Press

ललितपुर महानगरले सुरु गर्‍यो यल स्वास्थ्य सेवा केन्द्र (भिडिओ)

काठमाडौं । ललितपुर महानगरपालिकाले यल स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरेको छ ।

मंगलबार ललितपुरमा महानगरका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरेका हुन् । यल स्वास्थ्य केन्द्रमा कर्मचारी र चिकित्सकसहित ५६ जनाको व्यवस्था गरिएको छ ।

आपतकालीन सेवामा पाँच शय्या र बहिरङ्ग सेवामा पाँच शय्या रहेको स्वास्थ्य सेवा केन्द्रबाट दैनिक पाँच विशेषज्ञ सेवासहित २४ घन्टा सेवा प्रदान हुने महानगरले जनाएको छ ।

स्वास्थ्य केन्द्रको शुभाम्भ गर्दै महानगर प्रमुख महर्जनले स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ढिलाई भए पनि राम्रो कामको सुरुवात गरेको बताए । उनले पाटन अस्पताल र मुलुककै जेठो नगरपालिकाबीचको समझदारी तथा सहकार्यले नागरिकलाई उत्कृष्ट सेवा पुग्ने धारणा राखे ।

कार्यक्रममा बीमा बोर्डका कार्यकारी निर्देशन दामोदर बसौलाले २०७२ चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल देशका सात सय ५३ वटै पालिकामा सञ्चालन भएको जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *