नेविसंघ कास्की कार्यसमिति विस्तार- ९ उपसभापति, १९ सहसचिव – Nepal Press

नेविसंघ कास्की कार्यसमिति विस्तार- ९ उपसभापति, १९ सहसचिव

पोखरा । नेपाल विद्यार्थी संघ जिल्ला समिति कास्कीले कार्यसमिति विस्तार गरेको छ । नेविसंघ कास्की सोमबार कार्यसमिति विस्तार गरेर पदाधिकारीको संख्या पु¥याएको छ । नेविसंघ कास्कीको उपसभापतिमा ९ जना चयन भएका छन् ।

चुमन गुरुङ, सन्देश खत्री, वंशद सिंह खवास, जिवन भण्डारी, मनिष चौधरी, प्रशान्त आचार्य, शाश्वत न्यौपाने, सुमिझ्या थापा र विश्वास पौडेल उपसभापति चयन भएका हुन् । विष्णु पहारी सचिव, ओमीका गौतम कोषाध्यक्ष, नितेश गुरुङ सह–कोषाध्यक्ष चयन हुँदा १९ जना सहसचिव चयन भएका हुन् ।

नेपाल विद्यार्थी संघको विधान २०२७ अनुसार जिल्ला कार्यसमिति विस्तार गर्न आवश्यक देखिएकाले कार्यसमिति विस्तार गरिएको नेविसंघ जिल्ला अध्यक्ष गौरव बरालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर