फागुन १ गतेका लागि बागमती गाउँपालिकाले दिएको बिदा उच्च अदालतद्वारा खारेज – Nepal Press

फागुन १ गतेका लागि बागमती गाउँपालिकाले दिएको बिदा उच्च अदालतद्वारा खारेज

हेटौडा । बागमती गाउँपालिकाले फागुन १ गतेका दिन ‘जनयुद्ध दिवस’ मनाउन दिएको सार्वजनिक बिदा खारेज भएको छ ।

उच्च अदालत हेटौंडा पाटन इजलासले गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको हो । न्यायाधीश यमुना भट्टराईको इजलाशले गाउँपालिकाको निर्णय खारेज गरेको हो । सर्वोच्चको फैसलाविरुद्ध पुर्वी मकवानपुरको बागमती गाउँपालिकाले जनयुद्ध दिवसको नाउँमा विदा दिएपछि निरज मैनालीले दर्ता गराएका थिए ।

गत माघ १४ गते बसेको कार्यपालिकाको बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *