देव खनालको ब्याटिङ पारस खड्काको जस्तो छ : पूर्वप्रशिक्षक दासानायके – Nepal Press

देव खनालको ब्याटिङ पारस खड्काको जस्तो छ : पूर्वप्रशिक्षक दासानायके

काठमाडौं । नेपाल क्रिकेट टीमका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले देव खनालको ब्याटिङ पारस खड्काको जस्तो रहेको बताएका छन् । नेपाल र क्यानडाबीचको खेलपछि पूर्वप्रशिक्षक दासानायकेले यस्तो बताएका हुन् ।

‘देव खनालको प्रदर्शन सधै राम्रो छ । भविष्यमा उ प्रभावशाली खेलाडी बन्न सक्छ । उसको ब्याटिङ करिब–करिब पारस (पारस खड्का) को जस्तो छ’, उनले भने ।

रोहित पौडेल सुपरट्यालेन्ट ब्याटर र राम्रो लिडर भएको पूर्वप्रशिक्षक दासानायकेले सुनाए । उनले भने, ‘रोहित पौडेल पहिला मौन बस्थ्यो । उ सुपरट्यालेन्ट ब्याटर र राम्रो लिडर हो । समग्रमा उसको नेतृत्व क्षमता राम्रो छ । त्यसका लागि टीमका सदस्यहरु साथ दिएका छन् ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *