मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, के-के आए नयाँ व्यवस्था ? (पूर्णपाठ) – Nepal Press

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, के-के आए नयाँ व्यवस्था ? (पूर्णपाठ)

काठमाडौं । अबदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगतभन्दा एक प्रतिशत मात्र कम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर २ प्रतिशतले फरक थियो । यस्तै कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिेएको छ ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने केन्द्रिय बैंकले जनाएको छ । आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ ।

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर