प्रवासी मजदूरलाई सहयोग गर्न मञ्चद्वारा एक करोडको कोष स्थापना, हेल्प डेस्क पनि राख्ने – Nepal Press

प्रवासी मजदूरलाई सहयोग गर्न मञ्चद्वारा एक करोडको कोष स्थापना, हेल्प डेस्क पनि राख्ने

काठमाडाैं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले विभिन्न देशमा मजदुरी गरिरहेका नेपालीहरुलाई आइपर्ने आकस्मिक समस्यामा सहयोग गर्न राहत कोष स्थापना गर्ने भएको छ । फेबु्रअरी १०–११ मा मलेसियाको राजधानी क्वालालम्पुरमा बसेको कमिटीको वैठकले एक करोड रुपैयाँको कोष खडा गर्ने निर्णय लिएको हो ।

उक्त कोष सञ्चालनका लागि एक महिनाभित्र कार्यविधि निर्माण गर्नका लागि कमलमणी गुरागाईंको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा भक्त गुरुङ, बलराम गिरी, शालिग्राम पन्त, मोहन रायमाझी र दयाराम कुमाल सदस्य रहेका छन् ।

यसैगरी बैठकले प्रवासमा रहेका नेपालीहरुलाई २४ सै घन्टा परामर्श सेवा दिने उद्देश्यले नेपालका हेल्प डेस्क पनि स्थापना गर्ने निर्णय गरेको छ । यो डेस्क सञ्चालनका लागि प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका सचिव शिशिर नेपालको नेतृत्वमा प्रत्येक महादेशबाट एक÷एक जना रहने गरी सञ्चालन समिति गठन गर्ने निर्णय गरिएको छ ।

नेपालमा कम्तिमा चार जना कर्मचारीसहित कार्यालय स्थापना गरेर हेल्प डेस्क सञ्चालन गरिने नेपालले जानकारी दिए । यसले समस्यामा परेका नेपालीहरुलाई सरकारी निकायहरुसँग समेत समन्वय गरी आवश्यक सहयोग प्रदान गर्ने उनको भनाइ छ ।

अहिले नेपाली कामदारहरु रहेका मुख्य देशहरुलाई दुईवटा रिजनमा छुट्याएर हेल्प डेस्कले सेवा दिने दिने छ । रिजन १ मा मलेसिया, दक्षिण कोरिया, मकाउ, हङकङ रहेका छन् भने रिजन २ मा मध्यपूर्वका राष्ट्रहरु छन् । हेल्प डेस्कमा सम्पर्क गरेर ती देशमा रहेका नेपालीहरुले आफ्नो समस्याहरु सुनाउन सक्ने नेपालले बताए ।

मञ्चले विदेशमा दुख पाएका नेपालीलाई आर्थिक तथा अन्य सहयोग गर्दै आएको छ । हालै इजरायलमा मारिएका १० जना नेपालीका परिवारजनलाई एक लाख ४० हजारका दरले सहयोग गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर