फागुनका लागि फेरि घटाए बैंकहरुले निक्षेपको ब्याजदर, कसको कति पुग्यो ? – Nepal Press

फागुनका लागि फेरि घटाए बैंकहरुले निक्षेपको ब्याजदर, कसको कति पुग्यो ?

काठमाडौं । अधिकांश वाणिज्य बैंकले फागुन १ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० वटा बैंकमा १६ वटाले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् भने ४ वटाको स्थिर रहेको छ ।

एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले फागुनका लागि ब्याजदर स्थिर राखेका छन् । हिमालयन बैंकको ८.१५ प्रतिशत कायम गरिएको छ ।

एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे बैंकको ब्याजदर मुद्दति निक्षेपमा ८ प्रतिशत रहने छ । माघको तुलनामा फागुनमा बैंकको ब्याजदर औषतमा ०.४० प्रतिशत बिन्दुले घटेको छ ।

माघमा औषतमा बैंकको ब्याजदर ८.१६ प्रतिशत रहेको थियो । फागुनमा औषतमा ७.७५ प्रतिशत रहनेछ । माघ महिनामा ८.१६ प्रतिशतबिन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर फागुनमा ७।७५ प्रतिशतबिन्दु कायम हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर