भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो यू-१९ विश्वकप क्रिकेटको उपाधि – Nepal Press

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो यू-१९ विश्वकप क्रिकेटको उपाधि

काठमाडौं । फाइनलमा भारतलाई हराउँदै अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आइसिसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

भारतमा फाइनलमा ७९ रनले पराजित अष्ट्रेलियाले चौथो पटक यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको हो । अष्ट्रेलियाले यसअघि १९८८, २००२ र २०१० मा भएको यू–१९ विश्वकप जितेको थियो ।

अष्ट्रेलियाले दिएको २५५ रनको लक्ष्य पछ्याएको भारत ४३ ओभर ५ बलमा १७४ रनमा समेटियो । भारतका लागि आदर्श सिंहले सर्वाधिक ४७ रन बनाए । मुरुगन पेरुमल अभिषेक ४२ र मुशिर खानले २२ रन बनाएर आउट भए ।

बलिङमा अष्ट्रेलियाका महली बर्डम्यान र राफेल म्याकमिलनले ३–३ विकेट लिए ।

फाइनलमा अस्ट्रेलियाले भारतसामु २५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । यसअघि दक्षिण अफ्रिकाको बेनोनीमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको गुमाउँदैमा २५३ रन बनाएको थियो । अस्ट्रेलियाका लागि हर्जस सिंहले ५५, कप्तान ह्युज वेइबगेनले ४८ रन, ओपनर ह्यारी डिक्सनले ४२ र ओलिभर पिकले ४६ रन बनाएका थिए ।

बलिङमा भारतका राज लिम्बानीले ३ र नमन तिवारीले २ विकेट लिएका थिए ।

पुनः एकपटक अष्ट्रेलियासँग स्तब्ध हुँदै भारत विश्वकपको उपाधि जित्ने सपना चकनाचुर भएको छ । यसअघि गत मंसिरमा भारतमा भएको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा घरेलु टोली भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा भएको थियो । फाइनलमा घरेलु टोलीलाई ६ विकेटले स्तब्ध पार्दै अष्ट्रेलियाले एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।

 


प्रतिक्रिया

One thought on “भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो यू-१९ विश्वकप क्रिकेटको उपाधि

Leave a Reply

Your email address will not be published. Required fields are marked *