हालान्ड चम्केको खेलमा म्यान्चेस्टर सिटी विजयी, लिगको पहिलो स्थानमा – Nepal Press

हालान्ड चम्केको खेलमा म्यान्चेस्टर सिटी विजयी, लिगको पहिलो स्थानमा

काठमाडौं। स्टार फरर्वाड एरलिङ हालान्ड चम्केको खेलमा विजयी हुँदै इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी पहिलो स्थानमा पुगेको छ ।

एभर्टन विद्धको खेलमा हालान्डले दुई गोल गरेपछि सिटी विजयी बनेको हो । चोटले लामो समय मैदान बाहिर रहेका हालान्डले उत्कृष्ट पुनारागमन गरेपछि सिटीले आफ्नो लयलाई कायम राख्न सफल बनेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकेको एर्भटनले दोश्रो हाफमा हालान्डलाई रोक्न सकेन । दोश्रो हाफको ७१ औँ मिनेटमा सुन्दर गोल गर्दै हलान्डले लय समातेका थिए । खेलको ८५ औँ मिनेटमा केभिन डि ब्रुइनको पासमा हालान्डले गोल गर्दै खेलमा सिटीलाई जित दिलाए ।

जित पछि २३ खेलबाट ५२ अंक बटुलेको सिटी शीर्ष स्थानमा उक्लिएको छ । समान २३ खेलमा ५१ अंक भएको आर्सनल दोस्रो स्थानमा छ भने ४९ अंकसहित लिभरपुल तेस्रो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *