नेपालले लिग-२ लगत्तै त्रिकोणात्मक टी २० सिरिज खेल्ने – Nepal Press

नेपालले लिग-२ लगत्तै त्रिकोणात्मक टी २० सिरिज खेल्ने

काठमाडौं । नेपालीले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग एकदिवसीय त्रिकोणात्मक सिरिज लगत्तै टि२० सिरिज खेल्ने भएको छ ।

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग फेब्रुअरी २७ देखि ५ मार्चसम्म टि२० सिरिज खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो ।

नेपालले फेब्रुअरी १५ देखि २५ सम्म टियु क्रीकेट मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्दैछ । क्यानले सार्वजनिक गरेको तालिका अनुसार लिग २ सिरिज लगत्तै नेदरल्यान्ड्स र नामिबियासंगै टि–२० सिरिज खेल्न लागेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर