नेकपा एकीकृत समाजवादीले एक महिने संगठन सुदृढीकरण अभियान चलाउने – Nepal Press

नेकपा एकीकृत समाजवादीले एक महिने संगठन सुदृढीकरण अभियान चलाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माघ २५ देखि चैत २५ गतेसम्म एक महिना संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी कार्यालयमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार बैठकले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अध्यावधि र विस्तार गरिसक्ने निर्णय गरेको छ ।

‘आगामी महाधिवेशनका निम्ति २०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्नेछौं’, उनले भने, ‘आगामी फागुन मसान्तसम्म दस्तावेज तयार गर्ने र आगामी महाधिवशेनमा काम (सदस्यता, नवीकरण, संगठन विस्तार आदि) का आधारमा १० जिल्लालाई सम्मान गर्ने निर्णयसमेत गरेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर