क्लोथ एन्ड फुड बैंक र बुटवल उपमहानगरबीच सम्झौता – Nepal Press

क्लोथ एन्ड फुड बैंक र बुटवल उपमहानगरबीच सम्झौता

काठमाडौं । रुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिका, रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपालबीच आज क्लोथ बैंक सञ्चालन गर्ने संझौता भएको हो ।

क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, बुटवल उपमहानगरपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।

उनले मानव सेवाको लागि ‘पुरानो कपडालाईः पुनः प्रयोग’ भन्ने मुल नाराका साथ सुरु हुने यो अभियानले नगरबासीको हित हुने विश्वास व्यक्त गरे ।

बुटवल नगरका विभिन्न उपयुुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरु लाइ पुन प्रशोधन रि-साइकल गरि आवश्यकताका आधारमा वितरण गरिने देशका सातै प्रदेशमा संचालम हुन लागेको यो अभियानको बुटवलबाट औपचारिक शुभारम्भ हुन लागेको बताउँदै क्लोथ एण्ड फूड बैंक नेपालले सो अवसर बुटवल उपमहानगरपालिकालाइ प्रदान गरेकोमा खुसि समेत व्यक्त गरे ।

उनले यस परोपकारि कार्यमा जोडीन यस क्षेत्रमा रहेका सम्पूर्ण संघ सस्था साथै नगरबासी सबैलाई अनुरोध समेत गर्नुभयो। नेपालमै र रुपन्देहीमा जिल्लामा पनि पहिलो पटक सबैलाई पाएक पर्ने विभिन्न स्थानहरुमा सुरु गर्न लागेको क्लोथ बैंकमा आफ्नो घरमा भयका पुरानो कपडा हुनेहरूले दान गर्न सक्ने छन् भने आवश्यक पर्नेहरुले निःशुल्क लिन सकिने भएको छ ।

क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुई वर्षमा कपडामुक्त बनाउने र २०८२ सम्ममा देशै भर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ ।अहिले सम्म १५४ स्थानीय सरकार यो अभियानमा जोडिएको अभियानकर्ता कमल जि.सी.ले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर