सातै प्रदेशका मुख्यमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा – Nepal Press

सातै प्रदेशका मुख्यमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलको शीर्ष नेताहरू बैठकमा सहभागी छन्।

बैठक गठबन्धनको औपचारिक बैठक नभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

उनले भने, प्रधानमन्त्रीले सातै प्रदेशको मुख्यमन्त्रीहरूलाई बोलाउनुभएको थियो। त्यही क्रममा गठबन्धनका केही शीर्ष नेताहरू पनि सहभागी हुनुहुन्छ। तर यो गठबन्धनको औपचारिक बैठक भने होइन।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर