प्रेम : एक रासायनिक चलखेल ! – Nepal Press

प्रेम : एक रासायनिक चलखेल !

यो संसार नै प्रेमले रचेको हो । त्यसैले त भनिन्छ- यस संसारका हरेक प्राणी प्रेमविना बाँच्न सक्दैन । हामी मानिस पनि जीवनभर प्रेमकै खोजीमा हुन्छौं । एकै क्षणको लागि कल्पना गरौं त प्रेमविना के यो जीवन सम्भव छ ? मलाई लाग्छ कि साँच्चै प्रेमविना त यहाँ केही पनि सम्भव छैन । हामी सबैलाई समेट्न सक्ने एउटै ऊर्जा हो- प्रेम । फरक यतिमात्र हो कि हामी कस्तो प्रेमको खोजीमा छौं ? प्रेमको नाममा सबै गर्न भ्याउने यो संसारले प्रेम वास्तवमा के हो भन्ने प्रश्नको उत्तर भने अहिलेसम्म पाउन सकेको छैन । त्यसैले त यहाँ कोही प्रेमको अभावमा त कोही प्रेमको प्रभावमा आफ्नो अमूल्य जीवनलाई नै बर्बाद गर्न पुग्छन् ।

प्रेमको बारे गाएका गीतहरु अनि लेखिएका कविता, उपन्यासहरु पनि सायदै प्रेमलाई पूर्ण व्याख्या गर्न सफल छन् ! अझ त्यस्ता प्रेमलाई आदर्शकृत गर्न पुग्दा समाज नै दिग्भ्रमित भएका छन् । आजको समाजमा रोमान्टिक फिल्मी कथा तथा पात्रहरुलाई अनुशरण गरी आफैंलाई भुलेका उदाहरणहरु प्रशस्तै भेट्टिन्छन् । शेक्सपियर पनि पछुतो मान्दै हो कि ‘रोमियो र जुलियट’लाई आदर्श प्रेमको रुपमा बुझिलिएको मा ! वास्तवमा उहाँले रोमान्टिक प्रेमको महिमाभन्दा पनि त्यसमाथि व्यंग्य गरी जीवनको मूल्य बुझाउन खोजिएको थियो भन्ने लाग्छ मलाई । आजको यो लेख रोमान्टिक प्रेमको प्रभावलाई केलाउने र यसको मूल स्रोतलाई बुझाउने कोसिसमा केन्द्रित हुनेछ ।

विज्ञानको निम्ति प्रेम एक रासायनिक रसहरुको चलखेल मात्र हो । डोपामिन, नोरइपिनेफ्रिन, एड्रिनालिन, सेरोटोनिन, अक्सिटोसिन, टेस्टोस्टेरोन, इस्ट्रोजेन जस्ता हर्मोन तथा न्युरोट्रान्समिटरहरुको मिश्रित प्रभावले उत्पन्न हुने भाव नै प्रेम हो । मनोवैज्ञानिक रोबर्ट स्टर्नबर्गको प्रेमको त्रिकोणीय सिद्धान्तमा रोमान्टिक प्रेमलाई यौन र सामिप्यताको समीश्रण भनिएको छ । मानवशास्त्री डा. हेलेन फिसरका अनुसार रोमान्टिक प्रेमलाई तीन चरणमा वर्गीकरण गर्न सकिन्छ- वासना, आकर्षण अनि सम्मिलन (प्रेम बन्धन) ।

रोमान्टिक प्रेममा गरेको अनुसन्धानमा आधारित एक शोधपत्रमा रोमान्टिक प्रेममा फसेकाहरुमा आफ्नो प्रेमीप्रेमिकालाई लिएर सपनाको राजकुमार राजकुमारीहरुको भ्रमित सोचले डेरा जमाएर बसेको हुने कुरालाई देखाएको छ । यही भ्रमपूर्ण र गलत विश्वासले गर्दा उनीहरू आफ्नो प्रेमीप्रेमिकामा आफूले देख्न चाहेका गुणहरुमात्र देख्ने हुन्छन् र अवगुण वा कमजोरीहरुलाई नजरअन्दाज गर्न पुग्छन् ।

वासनाको चरणमा यौन हर्मोनहरु (टेस्टोस्टेरोन र इस्ट्रोजेन)को प्रभाव मुख्य रहेको हुन्छ । किशोरावस्थामा कामवासनाको मुख्य कारक रहेका यौन हर्मोनहरु (टेस्टोस्टेरोन र इस्ट्रोजेन)ले बढाएको मादकतामा अनुभूत आसक्तिलाई नै प्रेम सम्झिने भूल गर्न पुग्छन् । दुई विपरीत शक्ति (स्त्री-पुरुष)लाई नजिक ल्याइ प्रजातिको अस्तित्वलाई बढावा दिन प्रकृतिले विकास गरेको परियोजना हो यौन । प्रेम भाव मानव विकासको क्रममा, सन्तान उत्पादनले मात्र वंश विस्तार सम्भव नहुने भएकोले, आफ्नो परिवार तथा सन्तानको सुरक्षा तथा भरणपोषणको लागि विकास भएको दाबी गर्छन् । त्यसैले त जैविक क्रम विकास (evolutionary biology) का वैज्ञानिकहरु दाबी गर्छन् कि प्रेम भाव प्रकृतिको एक सुन्दरतम षड्यन्त्र हो । यौन ऊर्जालाई कामवासनामा स्खलित नगरेर कसरी वास्तविक प्रेमसम्म पुग्न सकिन्छ भन्ने कुरालाई मेरो पछिल्लो लेख ‘यौन, प्रेम र विवाह’ पढ्न सक्नु हुन्छ ।

याे पनि पढ्नुस् : यौन, प्रेम र विवाह

यौन अभिलाषाको चरण पार भएपछि व्यक्ति आकर्षणको चरणमा प्रवेश गर्न पुग्छन् । यसमा फिनाइलइथाइलएमिन (पीईए) हर्मोनको प्रभाव रहेको हुन्छ, जसले प्रेमीहरुमा उत्साहको भावलाई जगाउने गर्छ । मस्तिष्कमा पीईए स्राव भएपछि यसले डोपामिन र नोरइपिनेफ्रिन पनि निस्कने हुन्छ । डोपामिन आनन्दको अनुभूति दिलाउने रस हो भने नोरइपिनेफ्रिनले शारीरिक उत्तेजनालाई बढाउने गर्छ । डोपामिन र नोरइपिनेफ्रिनको प्रभावले सेराटोनिन (खुशीको अनुभूति दिलाउने रस)को कमी भइदिन्छ । यसरी आकर्षणको चरणमा धड्कन बढ्ने, पसिना आउने, हरपल प्रेमीकै यादमा मन ग्रसित हुने, कुरा गरिरहुँ लाग्ने, छुट्टिन गाह्रो लाग्ने, सँगै हुन पाउँदा एक प्रकारको खुशी, आनन्द तथा स्फुर्ती बढेको महसुस हुने वा लत नै लाग्ने हुन्छ । यी सब कुराहरु ती रसहरुका कारण उत्पन्न भएका प्रतिक्रियाहरु हुन् ।

रोमान्टिक प्रेमको सुन्दरतम चरण सम्मिलनमा भने अक्सिटोसिन र भासोप्रेसिनको प्रभाव मुख्य रहेको हुन्छ । यी रसहरुले दुई प्रेमीबीचको बलियो बन्धनमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । अक्सिटोसिन हर्मोन प्रेम आलिंगन तथा चुम्बनको समयमा मानव मस्तिष्कमा बढी मात्रामा निस्कने हुन्छ । यसलाई ‘कडल’ (आलिंगन)हर्मोन वा ‘बन्डिङ’ (स्नेह) हर्मोन पनि भनिन्छ । विशेषगरी अक्सिटोसिन यौनको चरम सन्तुष्टितिर शरीरभरि प्रवाहित हुन्छ । अक्सिटोसिनले भावनात्मक निकटता बढाउने मात्र होइन सामाजिक व्यवहारमा पनि असर गर्ने हुन्छ भने सँगै यसले इन्डोर्फिन (दुखाइ कम गराउने रस) र सेराटोनिन (खुशीको अनुभूति दिलाउने रस) निकाल्न पनि भूमिका खेलेको हुन्छ ।

ब्रिटिस साइकोलोजिकल सोसाइटीले गरेको अध्ययनमा रोमान्टिक प्रेममा फसेका व्यक्तिहरुको मस्तिष्कको विभिन्न परीक्षण गर्दा मानसिक रोगीहरुसँग धेरै मिल्दोजुल्दो पाइएको छ । अध्ययनले पत्ता लगाएको छ कि प्रेममा फसेका व्यक्तिहरुमा ओसिडीको लक्षण देखिएको छ, जसको कारणमा सेराटोनिनको मात्रा घट्नु हो । त्यसैले त प्रेममा फस्दा बेचैनी बढ्ने, आफ्नो नियन्त्रण गुमाउने, डिप्रेस हुने हुन्छन् ।

यहाँ हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने यी रसहरुको प्रभाव यतिमै सीमित हुँदैन । प्रेममा परेको अवस्थामा मस्तिष्कमा निस्केका यी रसहरुले बुद्धि-विवेकको केन्द्रलाई नै निष्क्रिय बनाइदिने गर्छ । त्यसैले त प्रेम भावमा डुब्दा व्यक्ति अन्धो नै हुन्छ । ‘Love is Blind’ भनेको त्यही भएर हो । मनोविद् डोरोथी टेनोभले प्रेममा परेका पाँच सयभन्दा बढी व्यक्तिहरुमा गरेको अनुसन्धानबाट पाएको निचोडलाई सन् १९६९ मा एक पुस्तकको रुपमा प्रकाशित गरेकी थिइन् (Love and Limerence) । उनका अनुसार Limerenceको अवस्थामा काल्पनिकतामा डुब्ने, मनमा धेरै विचारहरु खेलाउने, आफैंसँग बर्बराउने, एकोहोरो मन पराउने र पछि लाग्ने जस्ता लक्षणहरु देखिने हुन्छ । उनीले Limerenceलाई चिन्तित, भ्रमित, लत र मोहको रुपमा व्याख्या गरेकी छन् ।

रोमान्टिक प्रेममा गरेको अनुसन्धानमा आधारित एक शोधपत्रमा रोमान्टिक प्रेममा फसेकाहरुमा आफ्नो प्रेमीप्रेमिकालाई लिएर सपनाको राजकुमार राजकुमारीहरुको भ्रमित सोचले डेरा जमाएर बसेको हुने कुरालाई देखाएको छ । यही भ्रमपूर्ण र गलत विश्वासले गर्दा उनीहरू आफ्नो प्रेमीप्रेमिकामा आफूले देख्न चाहेका गुणहरुमात्र देख्ने हुन्छन् र अवगुण वा कमजोरीहरुलाई नजरअन्दाज गर्न पुग्छन् । यतिसम्म हुन्छन् कि उनीहरु आफ्नो मान्छेको केही पनि नराम्रो सुन्न पनि इन्कार गर्छन् । अझ आफ्नो मान्छेको बारेमा नराम्रा कुरा निकाल्ने मान्छेलाई आफ्नो परम शत्रु मान्न पुग्छन् । आफ्नो मान्छेको नराम्रो कुरा देखे भने पनि त्यसलाई आफ्नो भ्रमित सोचअनुरुप मिलाएर सर्वगुण सम्पन्न व्यक्तिको रुपमा देखाउने वा हेर्ने हुन्छन् । जस्तैः अम्मलीलाई पनि स्मार्ट देख्ने, आफूलाई नियन्त्रण, शंका वा गाली गरेको कुरामा प्रेम देख्ने आदि । कतिपयमा आफ्नो प्रेमले उसका नराम्रा बानीलाई सुधार्न सक्छु भन्ने गलत आत्मविश्वास पनि देखिन्छ ।

ब्रिटिस साइकोलोजिकल सोसाइटीले गरेको अध्ययनमा रोमान्टिक प्रेममा फसेका व्यक्तिहरुको मस्तिष्कको विभिन्न परीक्षण गर्दा मानसिक रोगीहरुसँग धेरै मिल्दोजुल्दो पाइएको छ । अध्ययनले पत्ता लगाएको छ कि प्रेममा फसेका व्यक्तिहरुमा ओसिडीको लक्षण देखिएको छ, जसको कारणमा सेराटोनिनको मात्रा घट्नु हो । त्यसैले त प्रेममा फस्दा बेचैनी बढ्ने, आफ्नो नियन्त्रण गुमाउने, डिप्रेस हुने हुन्छन् । त्यस्तै अर्को एक अध्ययनमा म्यानिक डिप्रेसन (बाइ पोलार डिस्अडर)सँग मिल्दोजुल्दो लक्षणहरु जस्तैः मुड फेरिरहने (कहिले अति रोमाञ्चित हुने, कहिले उदासी हुने), रिस आवेगलाई नियन्त्रण गर्न नसक्ने, ध्यान केन्द्रित गर्न नसक्ने, शारीरिक ऊर्जा उत्साह एकनासको नहुने, निन्द्रामा गडबडी आदि भेट्टाएको छ । यस्तो हुनुमा डोपामिनको मात्रा उच्च हुनु देखिएको छ ।

विज्ञान भन्छ कि मस्तिष्कबाट निस्कने यी रसहरुको असर केही समयपछि, तोकिएको वा चाहेको उद्देश्य पूरा भएपछि विस्तारै कम हुँदै जान्छ । विज्ञान दाबी गर्छ कि रोमान्टिक प्रेमको आयु पनि ६ महिनादेखि ३ वर्षसम्मको हुन्छ । जब रसको प्रभाव सकिँदै जान्छ तब बुद्धिले काम गर्न थाल्छ ।

विज्ञान भन्छ कि मस्तिष्कबाट निस्कने यी रसहरुको असर केही समयपछि, तोकिएको वा चाहेको उद्देश्य पूरा भएपछि विस्तारै कम हुँदै जान्छ । विज्ञान दाबी गर्छ कि रोमान्टिक प्रेमको आयु पनि ६ महिनादेखि ३ वर्षसम्मको हुन्छ । जब रसको प्रभाव सकिँदै जान्छ तब बुद्धिले काम गर्न थाल्छ, अनि आफ्नो प्रेमीप्रेमिकामा कमिकमजोरी देख्न थाल्छन् । विचारमा अडेर नाफा घाटाको हिसाब गर्न थाल्छन्, जुन सम्बन्ध टुट्नुको कारण पनि बन्न पुग्छ । त्यसैले सम्बन्धलाई अगाडि बढाउनु भन्दा पहिले कम्तीमा रसहरुको असर केही कम हुञ्जेलसम्म (६ महिना) कुर्नु बुद्धिमानी हुन्छ, ताकि आफ्नो भावनालाई तर्कसंगत ढंगले बुझ्न सकौं र वास्तविक प्रेमसम्म पुग्न सकौं । यतिमात्र होइन, हिजोका आफ्ना भावनात्मक आघातले बनेका आफ्ना गलत मूल्य मान्यता र विश्वासमा अडेर आफूले गलत निर्णय वा मूल्यांकन पो गर्दै छैन भनी सचेत हुनु पनि जरुरी हुन्छ ।

प्रेममा पर्न सक्नु यो संसारको सर्वोत्तम सुन्दर अवसर हो । तर, हामी केलाई प्रेम भनिरहेका छौं ? कतै हामी आफ्नै आसक्ति र आकर्षण अनि वासनालाई त प्रेम भनिरहेका छैनौं ? आफ्नो निर्भरता वा लतलाई प्रेमको नाम दिइरहेका त छैनौं ? प्रेमको नाममा अरुलाई परनिर्भर बनाएर आफू मालिक बन्न त खोजिरहेका छैनौं ? यी कुनै पनि कुरा प्रेम हुनै सक्दैन । प्रेम त एक स्वतन्त्रता हो, जुन हामी सबैको स्वभाव हो । आफ्नो स्वयंलाई पाउने एकमात्र माध्यम हो । मनोविश्लेषणका प्रणेता फ्राइडले भने जस्तो प्रेममा पर्नु भनेको दुःखको आमन्त्रण पनि हुन सक्छ । अनि हाम्रो पूर्वीय अध्यात्मले भने जस्तो मुक्ति पनि हुनसक्छ । मात्र हाम्रो छनोटमा भरपर्छ, प्रेममा आफैंलाई डुबाउने कि उठाउने ! The choice is yours, either you want to fall in love or rise in love. All the best.


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *