एसीसी वुमन्स प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा – Nepal Press

एसीसी वुमन्स प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने एसीसी वुमन्स प्रिमियर कप खेल्ने टोली घोषणा गरेको छ ।

पोखरामा भएको प्रशिक्षणबाट क्यानले मंगलबार इन्दु बर्माको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

कविता कुँवर र डली भट्टले टोलीमा पुनरागमन गरेका छन् । एपेन्डिक्सको शल्यक्रियाका कारण कविता टिम बाहिर थिइन् । भने डली अष्ट्रेलिया गएकी थिइन् ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा वुमन्स प्रिमियर कप हुँदैछ ।

नेपाल समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपालसहित हङकङ, भूटान र माल्दिभ्स छन् । समूह ‘ए’मा थाइल्यान्ड, म्यानमार, कुवेत र सिंगापुर, समूह ‘बी’मा यूएई, चीन, ओमान र जापान तथा समूह ‘सी’मा इन्डोनेसिया, बहराइन, मलेसिया र कतार रहेका छन् ।

चार समूहका शीर्ष २–२ टोलीको क्वाटरफाइनल प्रतिस्पर्धा हुनेछ । फाइनल पुग्ने २ टोलीले आउँदो वुमन्स एसिया कप खेल्न पाउनेछन् ।

फेब्रुअरी १० मा नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ । दोस्रो खेल फेब्रुअरी ११ मा भूटान र तेस्रो खेल फेब्रुअरी १३ मा माल्दिभ्ससँग खेल्नछ ।

नेपाली टोलीः

इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, पुजा महतो, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झ्ना खड्का, रोमा थापा, डली भट्ट र अश्मिना कर्माचार्य ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *