सर्लाहीमा ट्र्याक्टर र नापीका कर्मचारीहरू सवार सफारी आपसमा ठोक्किँदा ११ जना घाइते – Nepal Press

सर्लाहीमा ट्र्याक्टर र नापीका कर्मचारीहरू सवार सफारी आपसमा ठोक्किँदा ११ जना घाइते

जनकपुरधाम ‌। सर्लाहीको मलंगवा नगरपालिका ११ गम्हरियामा सफारी गाडी र ट्र्याक्टर सोमबार राति आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।

घाइते १० जना नापी कार्यालय सर्लाहीका कर्मचारी छन् । तीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ‌।

प्रहरीका अनुसार नापी कार्यालय सर्लाहीका प्रमुख काभ्रे बनेपाका ४५ वर्षीय सञ्जय मान्धर, मलंगवा ३ का ३५ वर्षीय रामलाल साह, बागमती नगरपालिका ५ का विनोद घिमिरे र महोत्तरीका ३० वर्षीय बैजु यादव गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते नापी प्रमुख मानन्धरसहितलाई थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको छ । अन्य ७ जनाको उपचार मलंगवामै उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार बी आ ०६ पी डी ९६४८ नम्बरको सफारी र ज २ त १०६७ नम्बरको ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना भएको हो । सफारीमा कर्मचारीहरू सवार थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *