अदालतले भन्यो- अरुण चौधरीमाथिको अनुसन्धान दुई दिनमा सक्नू – Nepal Press

अदालतले भन्यो- अरुण चौधरीमाथिको अनुसन्धान दुई दिनमा सक्नू

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारी जग्गा प्रकरणको अनुसन्धान दुई दिनमा सक्न आदेश दिएको छ । यस प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी सहित तीन जनामाथिको अनुसन्धानका लागि थप दुई दिनको अनुमति दिँदै अदालतले अनुसन्धान यही दुई दिनमा सक्न र नसके जिम्मा जमानीमा छोड्न भनेको हो ।

म्याद थप अगाडि आज पनि बहस भएको थियो । चौधरीसँगै अजितनारायण सिंहमाथि पनि दुई दिनको समय थप गरिएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले चौधरीसहित बाँसबारी जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको थियो ।

जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले आफ्नो कम्पनीको नाममा ल्याएको पाइएपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *