अरुण चौधरीमाथि अनुसन्धान गर्न दुई दिन म्याद थप – Nepal Press

अरुण चौधरीमाथि अनुसन्धान गर्न दुई दिन म्याद थप

काठमाडौं । व्यवसायी अरुण चौधरीलाई अनुसन्धानका लागि दुई दिन म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालतले सोमबार चौधरीमाथि अनुसन्धानका लागि थप २ दिनको म्याद थपेको हो ।

चौधरीसहित अजितनारायण सिंह थापालाई पनि दुई दिन म्याद थपिएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले चौधरीसहित बाँसबारी जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको थियो ।

जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले आफ्नो कम्पनीको नाममा ल्याएको पाइएपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *