प्रेस चौतारीको स्थापना दिवसमा दार्चुलामा असहाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण – Nepal Press

प्रेस चौतारीको स्थापना दिवसमा दार्चुलामा असहाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण

दार्चुला । नेपाली प्रगतिशील श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसमा दार्चुलामा असहाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल दार्चुला शाखाले महेन्द्र नमुना मावि खलंगाको गल्फैस्थित असहाय छात्रावासमा रहेका २० जना विद्यार्थी बालबालिकालाई कापी कलम वितरण गरेको प्रेस चौतारी नेपालका सदस्य नरेन्द्र जोशीले बताए ।

प्रेस चौतारी नेपाल दार्चुलाका अध्यक्ष लोकेन्द्र प्रसाद जोशीको अध्यक्षतामा आयोजित शैक्षिक सामाग्री वितरण तथा अन्तरक्रिया कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एबं सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज राजेन्द्रसिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।

महेन्द्र नमुना मावि खलंगाका विव्यस अध्यक्ष अनिल सिंह ठगुन्ना, प्रधानाध्यापक रामदत्त जोशी, निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष राजेन्द्र धामी, पत्रकार महासंघ दार्चुलाका उपाध्यक्ष विमला धामी, प्रेस युनियन जिल्ला सचिव प्रकाश भट्ट लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका अतिथिहरूले प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानाध्यापक रामदत्त जोशीले प्रेस चौतारीको स्थापना दिवसको अवसरमा असहाय छात्रावासमा शैक्षिक सामाग्री वितरण गरेकोमा धन्यवाद ज्ञापन गरे । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य राजेन्द्र धामीले श्रमजीवी प्रगतिशील पत्रकारहरूको हकहितमा प्रेस चौतारीले काम गर्दै आएको बताए ।

प्रेस चौतारी नेपाल दार्चुलाका अध्यक्ष लोकेन्द्र जोशीले २०५५ साल माघ २२ गते स्थापना भएको श्रमजीवी प्रगतिशील पत्रकारहरूको गौरवशाली संगठन प्रेस चौतारीमा आवद्ध सबैलाई स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै शैक्षिक सामाग्री प्राप्त गरेका बालबालिकाको उज्ज्वल भविष्यको कामना गरे । कार्यक्रम सञ्चालनमा सहयोग गर्ने र सहभागीता जनाउने सबैलाई उनले धन्यवाद ज्ञापन गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *