महिलाहरुमा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्न रोटरी ई क्लबको च्यारिटी सो सम्पन्न – Nepal Press

महिलाहरुमा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्न रोटरी ई क्लबको च्यारिटी सो सम्पन्न

काठमाडौं । रोटरी ई–क्लबले महिलाहरूमा मानसिक स्वास्थ्यको महत्वलाई प्रवर्द्धन गर्न, जनमानसमा चेतना र समर्थन जगाउन च्यारिटी शो आयोजना गरेको छ ।

माघ १३ मा भएकाे उक्त कार्यक्रम महिलाहरूको मानसिक स्वास्थ अन्तर्गत आउने विशिष्ट चुनौती र समस्याहरुलाई सम्बोधन गर्न केन्द्रित थियो । रोटरी ई–क्लबले डिप्रेसन, चिन्ता र खानपान जस्ता सरोकारका विषयहरुमा आउने मानसिक रोग र विचलनलाई समेटेर महिलाहरूका लागि विशेष मानसिक स्वास्थ्य समस्याहरूको लागि बुझाइ र समानुभूति बढाउने लक्ष्य राखेको छ ।

च्यारिटी शो नयाँ बानेश्वरस्थित वान सिनेमामा भएको थियो, जसमा चलचित्र ‘फाइटर’ फिल्म प्रदर्शन गरिएको थियो ।

यस च्यारिटी शोले समाजमा योगदान गर्न र उद्देश्यपूर्ण कार्यहरूमार्फत एकता प्रवर्द्धन गर्न क्लबको प्रतिबद्धतालाई जोड दिएको छ । उक्त उद्देश्यपूर्ण कार्यक्रमप्रति प्रतिबद्धता जनाउन करिब २०० जना दर्शकहरू उपस्थित भएर मनोरंजन लिएका थिए ।

रोटरी संवद्ध जनचेतना फैलाउन ‘आशाको ज्योति’ रोटरीको वार्षिक थिम र रोटरी गीत पनि बजाइएको थियो । सावित्री कञ्चनजङ्घा अगरबत्तीले शीर्षक प्रायोजकको रूपमा विशेष सहयोग प्रदान गरेको थियो र फाइटर प्रायोजकको रूपमा हिमालयन डिस्टिलरी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, युनिलाब डायग्नोस्टिक सेन्टर, र कामना सेवा विकास बैंक लिमिटेड सहयोग गरेका थिए ।

स्कॉलर शेयर एजुकेशनले कार्यक्रमको टिकट प्रायोजन गरेको थियो । कार्यक्रमको समग्र सफलतामा भिडियो प्रायोजकका रूपमा येडिया, क्रिस्टल फुड क्याफे, सीएमएस नेपाल, द वन्डरल्याण्ड, सुनगाभा नेपाल र कारभान ब्यागबाट थप सहयोग आएको थियो । च्यारिटी शोमार्फत उठाइएको रकम महिलाहरूको मानसिक स्वास्थ्यको क्षेत्रमा योगदान गर्न विनियोजन गरिने क्लबले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *