मुगुमा आगोले जलेर दाजुबहिनीको मृत्यु – Nepal Press

मुगुमा आगोले जलेर दाजुबहिनीको मृत्यु

सुर्खेत । मुगुको खत्याड गाउँपालिका–२ गाँडेखोलामा आगलागी हुँदा दाजुबहिनीको मृत्यु भएको छ ।

आइतबार राति आफ्नै घरमा आगलागी हुँदा सुतिरहेकी बहिनीलाई बचाउन जाँदा आगोमै जलेर १२ वर्षीया बहिनी झरनासहित १४ वर्षीय विशाल सन्ज्यालको मृत्युु भएको हो ।

घरमा आमासँगै दाजु र बहिनी सुतेका समयमा राति २ बजे घरभित्र आगलागी हुँदा सुरुमा विशालले देखेको खत्याड गाउँपालिका–२ का वडाध्यक्ष हेमराज मल्लले जानकारी दिए ।

उनले भने, ‘विशालकी आमा र विशाल बाहिर निस्के विशालकी आमाले गाउँलेहरुसँग गुहार माग्न थालेकी रहिछन् । विशाल बहिनी भित्रै सुतेको थाहा पाएर पछि बहिनी बचाउन भित्र पसे । विशाल बाहिर निस्कनै नपाई बहिनीसँगै आगोमा जलेर विशालको मृत्यु भएको हो ।’

मृतक विशालका बुबा रोजगारका लागि भारतमा रहेका छन् । घरमा आमा र दुई जना दाजुबहिनी बस्दै आएका थिए । दाजुबहिनी जनजागरण माध्यमिक विद्यालय सेरीमा कक्षा ७ मा विशाल र बहिनी कक्षा ४ मा अध्ययनरत थिए ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टर झिकाई घटनास्थलमै पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार उक्त आगलागीबाट चार वटा चौपाय जलेर छन् । यस्तै, मृतक विशालको घरसँगै जोडिएको नरदिप र डिल्ली सन्ज्यालका घर जलेर पूर्णरुपमा क्षति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *