प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरू हुनुअघि रास्वपा संसदीय दलको बैठक – Nepal Press

प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरू हुनुअघि रास्वपा संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने सचेतक निशा डाँगीले बताइन्।

प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु हुनुअघि बैठकको तयारीको विषयमा छलफल गर्नको लागि बैठक बस्न लागेको उनले बताइन्।

उनले भनिन्, बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे र गैरसरकारी विधेयकबारे सदस्यहरूको तयारीको विषयमा छलफल गर्दै छौँ। यो अधिवेशनमा प्रस्तुत गरिएको प्रभावकारी बनाउने भन्नेबारेमै केन्द्रित रहन्छ।

यसअघि शुक्रवार पनि रास्वापाले सदनमा प्रस्तुत हुने एजेण्डा र विधेयकको विषयमा छलफल गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर