फलाेअप : दलितसँग विहे गरेको भनी इन्कार गरेको श्राद्ध गरिदिन राजी भए पुरोहित – Nepal Press

फलाेअप : दलितसँग विहे गरेको भनी इन्कार गरेको श्राद्ध गरिदिन राजी भए पुरोहित

चितवन । दलितसँग विवाह गरेका कारण श्राद्ध गरिदिन नमानेका भुम्लु २, सिम्थलीका पुरोहित माधवराज न्यौपाने रोकिएको श्राद्ध गरिदिन राजी भएका छन् ।

धर्मध्वज भण्डारीका पुस्तेनी पुरोहित न्यौपानेले भण्डारीले दलित (विश्वकर्मा) महिलासँग विवाह गरेका कारण उनका बुबाको श्राद्ध गर्न नमानेका कारण माघ ११ गतेको श्राद्ध रोकिएको थियो ।

न्यौपानेले श्राद्ध गरिदिन इन्कार गरेको खबर नेपाल प्रेसमा प्रकाशित भएको थियो ।

यो पनि पढ्नुस्: दलित बिहे गरेका कारण पुरोहित नआउँदा रोकियो तिथिको श्राद्ध

श्राद्धको सरसामान तयारी रराखेर कुरीबसेका भण्डारीको परिवारकहाँ पटक पटक सम्पर्क गर्दासमेत श्राद्ध गर्न नगएपछि उनीहरुले गत आइतबार प्रहरीमा ठाडो उजुरी दिएका थिए ।

जातीय छुवाछुतका कारण श्राद्ध नगरेको भन्ने आरोपका विषयमा आज जिल्ला प्रहरी कार्यालय काभ्रेमा भएको छलफलपछि श्राद्ध गर्न सहमत भइ मिलापत्र गरिएको काभ्रेका प्रहरी प्रवक्ता डिएसपी भागेन्द्रपुरुष ढकालले जानकारी दिए ।

उनका अनुसार वडाध्यक्ष चक्रबहादुर भण्डारी समेतको रोहवरमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा दुबै पक्षबीच छलफल गरि न्यौपानेले आइन्दा कसैलाई पनि जातीय छुवाछुतको त्यस्तो व्यवहार नगर्ने भन्दै रोकिएको श्राद्ध गर्दिने शर्तमा मिलापत्र गरेका हुन् ।

धर्मध्वजले आफूले दलित समुदायको विश्वकर्मा (कामी) जातकी केटी बिहे गरेकोले पुरोहित माधवराज न्यौपाने श्राद्ध गर्न नआएको भन्दै जातीय भेदभाव तथा छुवाछुतको कसूरमा कारबाहीको मागसहित माघ १४ गते जिल्ला प्रहरी कार्यालय, काभ्रेमा ठाडो जाहेरी दिएका थिए ।

डीएसपी ढकालका अनुसार पुरोहितले नभ्याएर जान नसकेको साथै अब आइन्दा त्यस्तो नगर्ने समेत लिखित सहमति गरेका छन् ।

धर्मध्वजकी श्रीमती देविका विश्वकर्माले पुरोहितले अब यस्तो विभेद नगर्ने भनेर रोकिएको श्राद्ध औँशी तिथिमा गरिदिने भनेपछि सहमति बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *