प्रतिनिधि सभाको कार्यसूची- सभामुखले बैठकमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने, अर्थमन्त्रीबाट अध्यादेश पेश – Nepal Press

प्रतिनिधि सभाको कार्यसूची- सभामुखले बैठकमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने, अर्थमन्त्रीबाट अध्यादेश पेश

काठमाडौं । प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

संसद सचिवालका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेका अनुसार सोमबार ४ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

यस्तै, बैठकमा सभामुखले प्रतिनिधि सभाको नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची छ।

राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादा सम्बन्धि विधेयक, २०७९, का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, अर्थ मन्त्री डा. प्रकाश शरण महतले आर्थिक कार्यविधि तथा वित्तीय (पहिलो संशोधन) अध्यादेश, २०८० पेश गर्ने कार्यसूची छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्ने कार्यसूची तय भएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर