राजेन्द्र लिङ्देनकाे आरोप- ठूला दल फरक देखिएपनि भ्रष्टाचार गर्न एक ठाउँमा उभिन्छन् – Nepal Press

राजेन्द्र लिङ्देनकाे आरोप- ठूला दल फरक देखिएपनि भ्रष्टाचार गर्न एक ठाउँमा उभिन्छन्

चाैतारा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशकाे विकास गर्न शासकिय स्वरुप परिवर्तन गर्न आवश्यक रहेकाे बताएका छन् ।

हालकाे जनप्रतिनिधिको भार देशले थेग्न नसक्ने भएकाले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकाे व्यवस्था गरि जनप्रतिनिधिको संख्या घटाउनुपर्ने उनको भनाइ छ ।

शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुपाल्चोकको जिल्ला अधिवेशनलाई सम्वाेधन गर्दै उनलेे भने, ‘नेपाल जस्ताे सानाे मुलुकमा प्रदेश संरचना र राष्ट्रिय सभाकाे आवश्यकता छैन खारेज गर्नुपर्छ। ३ कराेड भन्दा कम जनसंख्या रहेकाे देशमा संघीय सरकार र बलियाे (अधिकार सम्पन्न ) स्थानीय सरकार भए पुग्छ।’

हरेक भ्रष्टाचार कान्डमा ठूला दलहरुकाे संलग्नता रहेकाे बताउँदै तीन दशकदेखि ठुला दलहरुकै कारण देशकाे अर्थतन्त्र धरासयी भएकाे आराेप लगाए ।

अन्य दलहरु देख्दा फरक देखिएपनि भ्रष्टाचार गर्ने सवालमा एक ठाउँमा उभिने गरेकाे उनकाे आरोप छ।

ठूला दलहरुकै कारण नेपालमा झन् गरिबी बढ्दै जाने र जनशक्ति पलायन हुँदै जाने क्रम नराेकिएकाले अब आफ्नाे पार्टीले हस्तक्षपकारी भूमिका खेल्ने उद्घाेष गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर