त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा – Nepal Press

त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुख नायब महानिरीक्षक (डीआईजी)अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन् ।

ठकुरीले शुक्रबार  राजीनामा दिएका हुन् । सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिए ।  उनले भने, “मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ ।” चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो ।

उनले गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।

विमानस्थ सुरक्षा प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार डीआईजी चन्दको राजीनामा प्रक्रिया अघि बढिसकेको छ । उनको राजीनामाको कारण खुलिसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *