दाङमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु – Nepal Press

दाङमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रूपन्देही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका–५ सिसहनियामा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रोल्पाबाट घोराहीतर्फ आउंदै गरेको बा १८ च ८६१८ नम्बरको बोलेरो जीपले लमहीबाट भालुबाङतर्फ जाँदै गरेको लु ३२ प ७०१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दाङको बिजौरी बस्ने वर्ष २७ का सुनिल चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक मल्लले जानकारी दिए । प्रहरीले ठक्कर दिने बोलेरोका चालकलाई नियन्त्रणमा लिएको डीएसपी मल्लले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *