राप्ती प्रतिष्ठानमा २०० बढी बिरामीको मिर्गौलाको पत्थरीको सफल अप्रेसन – Nepal Press

राप्ती प्रतिष्ठानमा २०० बढी बिरामीको मिर्गौलाको पत्थरीको सफल अप्रेसन

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसँगै सेवा पनि प्रभावकारी बन्दै गएको छ । प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले ओपीडीबाट १ हजार ६५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको जानकारी दिए ।

गएको साउनदेखि माघको तेस्रो हप्तासम्म सो संख्यामा युरोलोजी सेवा लिएका हुन् । युरोलोजी सेवा जिल्लामा नहुँदा बिरामीहरु सामान्यदेखि विशिष्टकृत सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता यसअघि भएपनि प्रतिष्ठानमा उक्त सेवा विस्तार भएपछि अहिले त्यो समस्याको समाधान भएको छ ।

युरोलोजिष्ट सर्जन डा प्रबोध रेग्मीको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मिले सो सेवा दिइरहेको कामु निर्देशक डा. कडेलले बताए ।

युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने प्रतिष्ठानका युरोलोजीष्ट डा. प्रबोध रेग्मीले बताए ।

अस्पतालमा युरोलोजी सेवा लिनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको उनले बताए । युरोलोजि सेवा अन्तरगत साना तथा ठूला गरेर हालसम्म झण्डै २ सय जना बिरामीको सफल अप्रेसन भएको छ । जसअनुसार ९८ जना बिरामीको गम्भीर प्रकृतिको अप्रेसन भएको छ भने १ सय १ वटा सामान्य अप्रेसन गरिएको छ ।

अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ समेत रहेका डा कँडेलका अनुसार युरोलोजी सेवा अहिले धेरै नै प्रभाबकारी भएको जनाउँदै स्थानीयस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न पाउँदा खुसी ब्यक्त गरेको बताए ।

दाङका डा रेग्मी यसअघि वीर अस्पताल काठमाडौं लामो समय युरोलोजि सेवा दिएका थिए । उनि लामो समयदेखि युरोलोजी सेवा दिएको अनुभवी चिकित्सक हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *