यू-१९ राष्ट्रिय महिला क्रिकेटको च्याम्पियन बन्यो बागमती प्रदेश – Nepal Press

यू-१९ राष्ट्रिय महिला क्रिकेटको च्याम्पियन बन्यो बागमती प्रदेश

काठमाडौ । बागमती प्रदेश मैयादेवी स्‍मृति राष्ट्रिय महिला यू-१९ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । चितवन रामपुरमा शुक्रबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै बागमती च्याम्पियन बनेको हो ।

गण्डकीले दिएको ८५ रनको लक्ष्य बागमतीले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । बागमतीका लागी कप्तान सोनी पाख्रिन र सेविका यादवले २०–२० रन र एलिसा खड्काले १५ रनको योगदान दिए । बलिङमा गण्डकीकी सीमाना केसीले १ विकेट लिइन् ।

पहोला ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । ज्योत्सनिका मरासिनीले ३७ र सीमाना केसीले २१ रन बनाएका थिए । बलिङमा बागमतीकी विपिशा शाही र मनिषा उपाध्यायले समान १ विकेट लिए ।

लोकतान्त्रिक खेलकुद सङ्घको आयोजना सन्चालन भएको प्रतियोगितामा सात प्रदेशले सहभागिता जनाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *