भारतविरुद्ध नेपाललाई एक ओभरमा दुई सफलता – Nepal Press

भारतविरुद्ध नेपाललाई एक ओभरमा दुई सफलता

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्ध नेपाललाई एकै ओभरमा दुई सफलता मिलेको छ । खेलको १४ औं ओभरको पाँचौं र छैटौं बलमा नेपाललाई दुई सफलता मिलेको हो ।

१४औं ओभरको पाँचौं बलमा भारतका प्रियांशु मोलिया रनआउट भए । मोलियालाई १९ रनमा आकाश चन्दले रन आउट गरेका हुन् । ओभरको अन्तिम बलमा आकाश चन्दले अर्शिन कुलकर्णीलाई १८ रनमा बोल्ड गरेका हुन् ।

नेपाललाई पहिलो सफलता गुल्शन झाले दिलाए । उनले पाँचौं ओभरको अन्तिम बलमा आदर्श सिंहलाई २१ रनमा आउट गरेका हुन् ।

दक्षिण अफ्रिकाको मंगउड ओभल मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको भारतले १५ ओभरमा ३ विकेट गुमाएर ६५ रन बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *