बैंक लक्षित ओलीको टिप्पणी- आफूलाई मर्का पर्‍यो भन्दै एकतर्फी व्याज बढाउने, अनि खर्बौं कमाउने ? (भिडिओ) – Nepal Press

बैंक लक्षित ओलीको टिप्पणी- आफूलाई मर्का पर्‍यो भन्दै एकतर्फी व्याज बढाउने, अनि खर्बौं कमाउने ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले एकलौटीरूपमा व्याज बढाएकोप्रति आपत्ति जनाएका छन् । पार्टीनिकट बैंकिङ क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले व्याज बढाउने बेलामा दुई तर्फको सहमति हुनुपर्ने तर्क गरेका छन् ।

ओलीले भने, ‘बैंकबाट ऋण लिँदा घटाउन वा बढाउन सकिने भनिएको छ । घटाउने त कुरै छैन । एकतर्फीरूपमा बैंकहरूले ऋणीसँग भएको सम्झौतामा बदल्नुपर्छ भने दुवैतर्फको सहमति हुनुपर्छ । हामीलाई मर्का पर्‍यो अनि बढायौं भन्ने, अनि अर्कालाई परेको मर्का के त ? यसवर्ष बैंकको यति खर्ब मुनाफा क्या बात भन्दै आफैंलाई धाप लायो । अनि ऋणीहरू ?’

बैंकहरू नाफाखोर निर्मम साहूजी नभई सहयोगी हुनुपर्ने बताए । राष्ट्र बैंक र सर्वसाधारणले पैसा राख्दा पनि सस्तोमै पाएपछि लगानी गर्दा धेरै व्याज लिन नमिल्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर