कञ्चनपुरमा श्रीमानले चलाएको गाडीले ठक्कर दिँदा श्रीमतीको मृत्यु – Nepal Press

कञ्चनपुरमा श्रीमानले चलाएको गाडीले ठक्कर दिँदा श्रीमतीको मृत्यु

कैलाली । कञ्चनपुरमा श्रीमानले चलाएको हाइसको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका–१० शिशैया हरपालकी ४० वर्षीया मञ्जु रावल कठायतको हाइसको ठक्करबाट मृत्यु भएको हो ।

४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आँगनमा बागमती प्रदेश को ०१०२९ च २८०६ नम्बरको हाइस चलाउने क्रममा हाईसको ठक्करबाट मञ्जु घाइते भएकी थिइन् । उनीहरू दम्पती रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

तत्काल असावधानीका कारण श्रीमानले चलाएको गाडीले उनको मृत्यु भएको लेखिए पनि दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *