सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने नापी अधिकृत, सर्भेक्षक र जग्गाधनी दोषी ठहर – Nepal Press

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने नापी अधिकृत, सर्भेक्षक र जग्गाधनी दोषी ठहर

काठमाडौं । रुपेन्देहीमा सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रियामा संलग्न तीन जना दोषी ठहर भएका छन् ।

विशेष अदालतले बिहीबार नापी अधिकृत, सर्भेक्षक र जग्गाधनीलाई दोषी ठहर गर्दै प्रक्रियामा संलग्न अन्यमाथि अनुसन्धान नभएको भन्दै अभियोजन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

नापी अधिकृत घनश्याम दुवे, सर्भेक्षक रामराज यादव र जग्गाधनी मुना पासवान दोषी ठहर भएका हुन् ।

टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई दोषी ठहर गर्दै जनही ३ महिना कैदको सजाय सुनाएको छ । व्यक्तिको नाममा ल्याइएको सरकारी जग्गा पनि जफत हुने फैसला भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *