सुदूरपश्चिम र लुम्बिनीमा एनसेलको फोरजी सेवामा थप सुधार – Nepal Press

सुदूरपश्चिम र लुम्बिनीमा एनसेलको फोरजी सेवामा थप सुधार

काठमाडौं । एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लाहरुमा फोरजी सेवामा थप सुधार गरेको छ ।

यससँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकहरुले सुधारिएको फोरजी सेवा पाएको कम्पनीले जनाएको छ ।

देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरी आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको कम्पनीको भनाइ छ ।

हाल सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहामा फोरजी सेवा सुधार गरिएको छ । त्यसैगरी लुम्बिनीका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा फोरजी सेवा सुधार गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर