काका भेट्न गएको विषयलाई अतिरन्जित नगर्न सुनिल थापाको आग्रह, भेषबहादुरका सम्धी हुन् अजित – Nepal Press

काका भेट्न गएको विषयलाई अतिरन्जित नगर्न सुनिल थापाको आग्रह, भेषबहादुरका सम्धी हुन् अजित

काठमाडौं । राष्ट्रपतिका सल्लाहकार सुनिलबहादुर थापाको परिवारले काकालाई भेट्न गएको विषयलाई राजनीतिकरण गरेको भन्दै आपत्ति जनाएको छ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका काकाका छोरा अजित नारायण थापालाई बाँसबारी जग्गा प्रकरणमा सिआइबीले पक्राउ गरेकापछि सुनिल उनको बारेमा बुझ्न गएका थिए ।

तर त्यसबेला उनलाई म्याद थपका लागि अदालत लगिएकाले उनी नभेटी फर्किएका थिए । थापाले आफू अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले नभई काकाको उमेरका भेट्नका लागि गएको विषयलाई अतिरन्जित नगर्न आग्रह गरेका छन् । अजितनारायण थापा पूर्वमन्त्री तथा परराष्ट्रविद डा.भेषवहादुर थापाका सम्धी तथा कनकमणी दीक्षितका मामा ससुरा समेत हुन् ।

उनी बाँसबारी छाला जुत्ता कारखानाको अध्यक्ष भएका बेलाको केसलाई लिएर पक्राउ गरिए पनि त्यसपछिका घटनाक्रममा उनको कुनै भूमिका नरहेको दाबी छ ।

अजित कांग्रेस धनकुटाका महासमिति सदस्य पनि हुन् । थापाले बयोबृद्ध उमेरका काकालाई भेट्न गएको विषयलाई अतिरन्जित गरिएकोमा दुःख व्यक्त गर्दै सरकारले गर्ने छानविन र अनुसन्धानमा आफूहरुको कुनै विमति नरहेको बताएका छन् ।

८२ वर्षीय थापाको उमेर र स्वास्थ्य तथा उनीबाट प्रमाण नष्ट हुने कुनै अवस्था समेत नभएकोले हिरासतबाहिर राखेर बयान लिन उनका वकिलले जिकिर समेत गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *