पुर्नबीमा कम्पनीले २० अर्ब चुक्तापूँजी पुर्‍याउनु पर्ने – Nepal Press

पुर्नबीमा कम्पनीले २० अर्ब चुक्तापूँजी पुर्‍याउनु पर्ने

१५ दिनभित्र कार्य योजना पेश गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । पुर्नबीमा कम्पनीहरूले पनि पूँजी बढाउनुपर्ने भएको छ । कम्पनीहरूलाई १ वर्षभित्र पूँजी वृद्धि गर्न समय दिइएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

न्यूनतम चुक्तापूँजी २० अर्ब पुर्‍याउने कार्य योजना समेत प्राधिकरणले पुर्नबीमा कम्पनीहरूसँग माग गरेको छ । ती कम्पनीहरूले १५ दिनभित्र कार्य योजना पेस गर्नुपर्नेछ ।

नेपालमा हाल नेपाल रि-इन्स्योरेन्स र हिमालयन रि-इन्स्योरेन्स गरी २ वटा पुर्नबीमा कम्पनी रहेका छन् । ती पुर्नबीमा कम्पनीको हालको न्यूनतम चुक्तापूँजी १० अर्ब रुपैयाँ हो ।

अहिले नेपाल रि को १२ अर्ब र हिमालयन रिको १० अर्ब रुपैयाँ चुक्तापूँजी छ ।

केही समय अघि बिमा कम्पनीहरूको चुक्तापूँजी वृद्धि गराउन लागिपरेको प्राधिकरण अब भने पुर्नबिमा कम्पनीहरूको पूँजी वृद्धिमा उत्रिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर