बंगलादेशसँग नेपाल ५ विकेटले पराजित – Nepal Press

बंगलादेशसँग नेपाल ५ विकेटले पराजित

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग ५ विकेटको हार व्यहोरेको छ ।

नेपालले दिएको एक सय ७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

बंगलादेशका अरिफुल इस्लामले अविजित ५९ रन बनाए । जिसन आलमले ५५ रन बनाए ।

नेपालका सुबास भन्डारी एक्लैले ५ विकेट लिए । पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेको बंगलादेश कुनै पनि समय दबाबमा देखिएन ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन जोडेको थियो ।

नेपालका विशाल विक्रम केसीले ४८ र कप्तान देव खनालले ३५ रन बनाएका थिए ।

उनीहरुले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरेपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालले अब दोस्रो तथा अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *