त्रिविको नयाँ उपकुलपति नियुक्तिमा ढिलाइ, अहिलेलाई भुसालकै म्याद थपियो – Nepal Press

त्रिविको नयाँ उपकुलपति नियुक्तिमा ढिलाइ, अहिलेलाई भुसालकै म्याद थपियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुुलपतिमा प्रा डा शिवलाल भुसाललाई निरन्तरता दिइएको छ ।

त्रिविको कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा प्रा.डा. भुसाललाई नै निरन्तरता दिएका हुन् । भुसाल पुनः थप तीन महिनाको लागि त्रिविको उपकुलपतिमा नियुक्त भएकाे  त्रिविका  प्रवक्ता  याेगेन्द्र प्रसाद दाहालले बताए ।

गत कात्तिक १६ गते उपकुलपति प्रा. डा धर्मकान्त बास्कोटाको ४ वर्षे कार्यकाल सकिएपछि प्रधानमन्त्री दाहालले निमित्त उपकुलपतिमा रजिष्टार भुसाललाई नियुक्त गरेका थिए । उपकुलपति नियुक्त नभईन्जेलसम्मको लागि उनलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।

उनी गत कात्तिक १७ गते तीन महिनाको लागि निमित्त उपकुलपतिमा नियुक्त भएका थिए । उनको मंगलबारदेखि अवधि सकिएपछि उनलाई पुन निरन्तरता दिएको हो । यस पटक खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्नको लागि दखास्त आवह्रान गरेको गरिएको थियो ।

उपकुलपति नियुक्तिका लागि ४३ जनाले आवेदन दिएका थिए । मंगलबारभित्र उपकुपति नियुक्ति गरिसक्नुपर्ने थियो । तर मूल्याङ‌कन नपुगेकाे भन्दै नियुक्तिमा ढिलाइ भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *