अफगानिस्तानमा ७.५ मिलियन बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने – Nepal Press

अफगानिस्तानमा ७.५ मिलियन बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

काठमाडौं । अफगानिस्तानका ३४ प्रान्तमध्ये २१ वटा प्रान्तमा पाँच वर्ष मुनिका ७५ लाखभन्दा बढी बालबालिकाले पोलियोविरुद्धको खोप लगाउने भएका छन् ।

देशको जनस्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । सोमवारबाट शुरु भएको चार दिने पोलियो विरुद्धको अभियानमा २१ प्रदेशका २३३ जिल्लाका पाँच वर्षमुनिका सात लाख ८० हजार ८५ बालबालिकालाई खोप लगाइने बताइएको छ ।

यो रोग उन्मुलन गर्ने अभियान एक महिना अघि युद्धग्रस्त देशमा डिसेम्बर २९ मा शुरु गरिएको थियो । जसमा पाँच वर्षमुनिका झन्डै ७५ लाख बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइएको थियो ।

अफगानिस्तानमा २०२३ मा ६ पोलियोका पोजेटिभ केसहरू दर्ता भएका छन् । हालसम्म कुनै पनि तथ्याङ्क जारी गरिएको छैन भने यो वर्षमा पोलियोका पोजेटिभ केसहरू फेला परेको पुष्टि भएको छ ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय बाल आपत्कालीन कोषकाअनुसार अफगानिस्तान र पाकिस्तान मात्र विश्वमा पोलियोको महामारीबाट ग्रस्त राष्ट्रहरू हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर