धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, श्रीमान्-श्रीमती घाइते – Nepal Press

धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, श्रीमान्-श्रीमती घाइते

कैलाली । कैलालीको धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने श्रीमान् श्रीमती घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका–६ को जालीस्थित वासुदेवी स्कुल नजिक से १ प २८५९ नम्बरको स्कुटर मङ्गलवार साँझ आफै अनियन्त्रित भएर पल्टिदा बर्दियाको बाँसगढी नगरपालिका–४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुल दीप चन्दले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको र उनले त्यही मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जाई बस्ने २५ बर्सका रमेश चौधरी र २३ बर्सकी चन्द्रावती राना घाइते भएका छन् ।उनीहरू दम्पती हुन् ।

दुर्घटना भएको स्कुटरमा तीन जना सवार रहेको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *