एमाले रुपन्देहीले तीन दिने प्रशिक्षण अभियान चलाउने – Nepal Press

एमाले रुपन्देहीले तीन दिने प्रशिक्षण अभियान चलाउने

रुपन्देही । नेकपा एमाले रुपन्देहीले यही माघ २२, २३ र २४ गते जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले पार्टी केन्द्रबाट प्राप्त अन्तरपार्टी निर्देशन अध्ययन गर्नुका साथै जिल्ला अधिवेशनका बरेमा समेत छलफल गरेको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

बैठकले जिल्ला अधिवेशन पार्टीका केन्द्रीय तथा प्रदेश कमिटीका नेताहरुसँगको समन्वयमा तोक्ने निर्णय गर्दै आगामी फागुन र चैत महिनामा सदस्यता नवीकरढा अभियानलाई अघि बढाउने निर्णय गरेको छ ।

त्यस्तै फागुनमा पालिका र वडास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको एमाले जिल्ला सचिव यज्ञ गैरेले जानकारी दिए । बैठकले मुक्ति समाज रुपन्देहीको इन्चार्जमा सुरेन्द्र श्री र प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएशन (पिन) रुपन्देहीको इन्चार्जमा मेघदेव पन्तलाई मनोनयन गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै एमाले नेता एवं रुपन्देही इन्चार्ज दलबहादुर रानाले अन्तर पार्टी निर्देशन अनुसार काम कारवाहीलाई अघि बढाउन आग्रह गरे । उनले देशको समसामयिक राजनीतिक परिस्थितिबारे चर्चा गर्दै सत्तारुढ गठबन्धनका कारण मुलुक आर्थिक संकटमा फस्दै गएको बताए ।

बैठकमा एमाले पोलिटब्यूरो सदस्य लिला गिरी, दधिराम न्यौपानेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर