‘हिम चितुवाका गोठालो’ भन्छन्- उर्लाबारीमा हिमचितुवा भेटिएको बारे अन्तर्राष्ट्रिय बैठकमा छलफल हुन्छ – Nepal Press

‘हिम चितुवाका गोठालो’ भन्छन्- उर्लाबारीमा हिमचितुवा भेटिएको बारे अन्तर्राष्ट्रिय बैठकमा छलफल हुन्छ

विराटनगर । हिमालमा पाइने हिम चितुवा तराईमा कसरी पुग्यो भन्ने चर्चा चलिरहेका बेला विज्ञले यसकोबारेमा अध्ययन हुने बताएका छन् । मोरङको उर्लाबारीमा गत साता हिमचितुवा भेटिएको थियो ।

‘हिम चितुवाको गोठालो’ भनेर समेत चिनिनि विश्व वन्य जन्तु कोषका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले यो विषय अन्तर्राष्ट्रिय मञ्चमा समेत चर्चा गरिने बताएका छन् । लोकसेवा आयोगले लिने परीक्षाको सामान्य ज्ञानमा हिमचितुवाको गोठालो भनेर कसलाई चिनिन्छ ? भन्ने प्रश्नको उत्तरमा डा. घनश्याम गुरुङको नाम छ ।

कन्चनजंगा संरक्षण परियोजना भ्रमणका क्रममा ताप्लेजुङ पुगेका गुरुङले हिमचितुवा पाइने विश्वका १२ मुलुकहरूको अन्तर्राष्ट्रिय बैठकमा उर्लाबारीमा हिमचितुवा भेटिएको विषय उठाइने बताए ।

आफ्नो सम्मानमा आयोजित अभिनन्दन कार्यक्रममा उनले हिमालमा पाइने हिमचितुवा तराई क्षेत्रमा कसरी भेटियो भन्ने विषय आफैंमा आश्चर्यजनक र विश्वकै अनुसन्धानको विषय भएको बताए । उनले आसन्न अन्तर्राष्ट्रिय बैठकमा यसबारे छलफल हुने बताए ।

उज्बेकिस्तानमा हिमचितुवा पाइने नेपालसहित १२ देशका अधिकारीहरूको अन्तर्राष्ट्रिय बैठक हुँदैछ । गुरुङकाअनुसार उच्च हिमाली भेगको तीन हजारदेखि पाँच हजार पाँच सय मिटर उचाइसम्म हिमचितुवा देखिने गरेको छ ।

उर्लाबारी नगरपालिका-१ चारघरेमा भेटिएको भाले हिमचितुवा चिडियाखानामा संरक्षित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *