पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन – Nepal Press

पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन

काठमाडौं। पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयाघात भएर निधन भएको छ ।

मङ्गलवार बिहान ९ बजे घरमा बसिरहेका बेला समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो ।

उपचारका क्रममा बिहान १० बजे निधन भएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए ।

५६ वर्षीय उनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए।

मातृका केही समय अघि मात्र उच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् ।

२०२४ जेठ २८ गते स्याङ्जामा जन्मिएका उनी २०५० साउन १ गते न्याय सेवामा प्रवेश गरेका थिए । उनी २०७० जेठ २७ गते जिल्ला न्यायाधीश नियुक्त भएका थिए ।

काठमाडौंको कलंकीमा बस्दै आएका मरासिनी मङ्गलवार बिहान पेशी तय भएपछि कार्यालय आउने तयारी गरिरहेका बेला उनको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो ।

न्याय परिषद्को बैठकले गत पुस २४ गते मरासिनीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *