जर्मन महिला मृत फेला- ‘डग अफ दी इयर’ रोजले देखाएन कुनै शंका – Nepal Press

जर्मन महिला मृत फेला- ‘डग अफ दी इयर’ रोजले देखाएन कुनै शंका

काठमाडौं । ललितपुरको नागबहालमा जर्मन महिला मृत भेटिएको घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

तीनकुने हत्यामा प्रयोग भएको ‘डग अफ दी इयर’ रोजलाई घटनास्थलमा पुर्‍याइ पनि कुकुर घटनास्थलबाटै कतै नगएको अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

‘यदि रोज कतै गएको थियो भने शंका गर्ने ठाउँ रहन्थ्यो’, ललितपुर प्रहरी परिसरका एक अधिकारीले भने ।

अन्दाजी ५५ वर्षीया जर्मन महिला ग्रिनतारा हेरिटेज अपार्टमेन्टको आफू बस्दै आएको कोठामा भुईंंमा लडेको अवस्थामा मृत फेला परेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *